साप्ताहिक संवाददाता
अधिकांश चिकित्सकदेखि स्वास्थ्य सल्लाहकारहरूले खसीको मासु नखान सल्लाह दिँदै आएका छन् । खसीको मासु चिल्लो हुन्छ, रातो मासु खानु हुँदैन यो खायो भने यस्तो हुन्छ उस्तो हुन्छ आदि इत्यादि । यी कुरालाई वास्ता नगर्ने हो भने खसीको मासु अरू केही जनावरको मासुको तुलनामा बढी गुणकारी छ ।
खसीको मासुमा अरु जनावरको मासुको तुलनामा कम क्यालोरी हुन्छ ।
रातो मासुमा स्याचुरेटेड चिल्लो पदार्थ भएका कारण यसले कोलेस्ट्रोल बढाएर मुटुमा समस्या सिर्जना गर्छ भनिन्छ तर खसीको मासुमा अरु जनावरको मासुको तुलनामा कम स्याचुरेटेड चिल्लो पदार्थ हुने भएकाले मुटुका बिमारीले अरु मासुभन्दा खसीको खानु बढी उपयुक्त हुन्छ ।
खसीको मासुमा कुखुराको मासुको तुलनामा बढी आइरन हुन्छ । त्यसैले महिलाहरूले खसीको मासु खानुलाई फाइदाजनक मानिन्छ । शरीरमा आइरनको मात्रा कम भए एमिनियाको समस्या सिर्जना हुन्छ ।
खसीको मासुमा पर्याप्त प्रोटिन हुन्छ । प्रोटिन शरीरलाई चाहिने अत्यावश्यक तत्व हो ।
खसीको मासुमा भिटामिन बि पाईन्छ । यसले शरीरको बोसो पगाल्न मदत गर्छ । त्यसैले तौल घटाउन चाहने व्यक्तिले खसीको मासु पनि खान सक्छन् ।
खसीको मासुमा भएको भिटामिन बि १२ ले छालालाई स्वस्थ एवं आकर्षक बनाउन मदत गर्छ ।