साप्ताहिक संवाददाता
आश्विन २३, २०७६
काठमाडौं
चौथो ‘नेपाल्स् नेक्ट्स सुपर मोडल–२०१९’ को उपाधि सादा थापाले जितेकी छिन् । आर एन्ड आर गु्रपको आयोजनामा बिहिबार काठमाडौंमा सम्पन्न सो प्रतियोगितामा फाइनलमा उत्रिएका नौ मोडललाई उछिन्दै सादाले २५ हजार रुपैयाँ र विभिन्न उपहार सहित सो उपाधि हाँसिल गरेकी हुन् ।
यो प्रतियोगितामा निरिसा दली श्रेष्ठले फस्ट रनरअपको उपाधि हासिल गरिन् । सोही प्रतियोगितामा कृतिका श्रेष्ठ सेकेन्डर रनर अप घोषित भईन् ।
कार्यक्रममा मिस फोटोजेनिकको उपाधि प्रेरणा बलायाले, बेस्ट फिगरको उपाधि गीता महर्जनले, मिस मल्टिमिडिया र मिस कन्जिनियालिटीको उपाधि कृतिका श्रेष्ठले, बेस्ट हेयरको उपाधि पूर्णिमा श्रेष्ठले, बेस्ट वाकको उपाधि र बेस्ट स्किनको उपाधि निरिसा दली श्रेष्ठले, मिस पर्सनालिटीको उपाधि साईलिना भुजेलले हाँसिल गरे ।