साप्ताहिक संवाददाता
नेपाली चर्चित रियालिटी शो ‘नेपाल आइडल’को तेस्रो सिजनमा भाग लिने प्रतियोगीका लागि यो वर्षबाट उमेर निर्धारण गरिएको छ । आगामी कार्तिक ६ गतेबाट काठमाडौं अडिसन सुरु हुने यस प्रतियोगीतमा १६ देखि ३० वर्ष उमेर समुहका गायक/गायिकाले मात्रै सहभागीता जनाउन पाउने आयोजकले जनाएको छ ।
नेपाल आईडलको तेस्रो सिजनको काठमाडौं अडिसन एन के सिंह मेमोरियल ईपीएस स्कुल मिनभवनमा हुने नेपाल आइडलले जनाएको छ ।
नेपाल आइडल सिजन–३ को अडिसन भदौ ३१ गतेबाट सुरु भएको थियो । पहिलो अडिसन भदौ ३१ गते पोखरामा भएको थियो भने असोज ३ गते बुटवलमा, असोज ६ गते नेपालगञ्जमा भएको थियो । वीरगञ्जमा असोग १० गते र विर्तामोडमा असोज १४ गते अडिसन भएको थियो ।
नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको बाजी रवी ओडले मारेका थिए । सिजन तीनमा पनि अघिल्ला दुईवटा सिजनकै निर्णायक रहेका छन् ।