साप्ताहिक संवाददाता
कार्तिक १, २०७६
नेपालको लोकप्रिय गायनमा आधारित रियालिटी शो नेपाल आईडलको दोस्रो सिजनका उपबिजेता हुन्–बिक्रम बराल । द भ्वईस अफ नेपालको दोस्रो सिजन -ब्याटल राउण्डमा धेरैको मन जितेकी गायिका सम्झना पाण्डे । यतिबेला यि दुईले एक गीत गाएका छन् । उनीहरुको युगल गायनमा ढाक्यो मायाले बोलको गीत रिलिज भएको हो ।
भुपेन्द्र महतले लेखेको उक्त गीतमा लोकप्रिय संगीतकार हरि लम्सालले संगीत गरेका छन् । गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
शान थापाले निर्देशन गरेको म्यूजिक भिडियोमा निराजन प्रधान र सम्झना पाण्डेले जोडी बाँधेका छन् । राजिव समिरको कोरियोग्राफी रहेको भिडियोलाई नकुल खड्काले सम्पादन गरेका छन् ।
गीतको म्यूजिक भिडियो