साप्ताहिक संवाददाता
कार्तिक १, २०७६
हलिउडको लोकप्रिय कमिक चलचित्र टोय स्टोरीबाट प्रभावित भएर फेसन नोभाले ल्याएका डिजाइनहरू लोकप्रिय हुन थालेको छ । आगामी हलोइन पर्वलाई लक्षित गरेर बजारमा आएका यी ड्रेसहरू काउब्वाई, स्पोकी र बिकिनी स्टाइलमा रहेका छन् ।
अहिले फेसन नोभाले यो नयाँ डिजाइनहरूलाई आफ्नो इन्स्टाग्राम एकाउन्टबाट मात्र सार्वजनिक गरेको छ । करिब ७ हजार रुपैयाँ पर्ने यी डिजाइनका ड्रेसहरू बिक्रीका लागि आगामी अक्टोबर ३१ तारिखदेखि राखिने जनाइएको छ ।