
साप्ताहिक संवाददाता

आगामी मंसिर ६ गते सार्वजनिक हुन लागेको चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रमा अभिनेता आर्यन सिग्देललाई कमेडी अवतारमा देख्न सकिने भएको छ । सार्वजनिक ट्रेलरमा आर्यन कमेडी अवतारमा देखिएका छन् ।
यसअघि सधैजसो लभ स्टोरी जनराका चलचित्रमा काम गर्ने आर्यन यो पटक निकै भिन्न शैलीको चलचित्रमा काम गरेका छन् ।
चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ देखिएका छन् । ट्रेलर गज्जवको बनेको छ । कलाकारहरुले अभिनयमा राम्रै मिहेनत गरेको देखिन्छ ।
नेपालभन्दा बाहिर बसेर काम गरिरहेका २ यूवालाई एक पुस्तकले कतिसम्म प्रभाव पार्छ ? उक्त कुरा यो चलचित्रमा देखाउन खोजिएको हुन्छ ।
साम्तेन भुटियाको निर्देशन तथा सम्पादनमा बनेको चलचित्र एजीएल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो, अमृत घोलेले यसलाई निर्माण गरेका हुन् ।