साप्ताहिक संवाददाता
केटा भएर जन्मिए पनि केटीको लुगा लगाएर चर्चामा आउने बालबालिका धेरै कम हुन्छन् । यस्तै बालकहरूलाई भेला गरेर ‘फाइभ स्टार किड्स इन ड्रयाग’ नामक डकुमेन्ट्री निर्माणको तयारी थालिएको छ । यो डकुमेन्ट्रीमा सबैभन्दा कम उमेरका फाबुलुस पनि रहनेछन् । ९ वर्षका फाबुलुस ६ वर्षको उमेरदेखि नै आमाको लिपिस्टिक र मस्करा लगाएर आफूलाई महिलाका रूपमा प्रस्तुत गर्थे ।
यो क्रम बढ्दै गएर अहिले उनी आफूलाई लेडी गागा र वियोन्सका रूपमा प्रस्तुत गरिरहेका छन् । १० वर्षका स्टेफन ब्रिटिस मूलका भए पनि स्पेनमा बस्दै आएका थिए । उनका अभिभावक उनको यो क्षमताले अझ चर्चा पाओस् भनेर क्यानाडामा बसाइँ सरेका छन् ।
यस्तै लियो नोकिज अर्का बालक हुन् जो विभिन्न सेलिब्रेटीकै जस्तो ड्रेसअप गर्न रुचाउँछन् । यी तीन बालकको जीवनशैलीलाई लिएर अहिले डकुमेन्ट्री निर्माण हुँदैछ । यो डकुमेन्ट्रीले बालबालिकाहरूको विचारमा बन्देज लगाउने भन्दा पनि उनीहरूलाई आफ्नो इच्छाअनुसार अभिभावकले कसरी खुला छोड्नुपर्छ भन्ने कुरा प्रस्तुत गर्ने बताइएको छ ।