टिभी अदालतमा जरिवाना

- साप्ताहिक संवाददाता

कार्तिक २१, २०७६

अस्ट्रेलियन टेलिभिजनबाट एउटा रियालिटी कार्यक्रम प्रसारण हुन्छ जसको शीर्षक छ– ‘अस्ट्रेलियन टिभी कोर्ट’ । यो कार्यक्रममा विभिन्न वास्तविक घटनामा आधारित भएर अदालतको जस्तो बहस चलाई न्याय–निसाफ गरिन्छ । यो कार्यक्रमको पछिल्लो एपिसोड छायांकन गर्ने क्रममा अनौठो घटना सार्वजनिक भयो ।

टिभीको अदालतमा प्रस्तुत हुँदै आमा निकोलीले आफ्नी छोरी रियानोनले खाट भाँचेको र त्यसको क्षतिपूर्ति नतिरेको जिकिर गरिन् । भएको के रहेछ भने निकोली घरमा नभएको मौका पारेर रियानोनले आफ्ना श्रीमान्लाई आमाको घर लगेकी रै’छिन् । घरमा कोही नभएको मौका पारेर ती नवविवाहित जोडीले आमाको खाटमा शारीरिक सम्बन्ध राखेछन् ।

शारीरिक सम्बन्ध राख्ने क्रममा आमाको खाट भाँचियो । रियानोनले उक्त खाट आफूले भाँचेको कुरा भन्न पनि सकिनन् । आमाले छोरीले नै भाँचेको हुँदा आफूलाई नयाँ खाट किनिदिन माग गरिन् । उनको तर्कलाई मनासिव मानेर टिभी अदालतले पनि आमाको पक्षमा फैसला गर्दै छोरीलाई २ लाख ३३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनायो । 

प्रकाशित :कार्तिक २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्