चौधरी ग्रुपले हालेको पिङको नाम सी जी पिङ 

- जीवन भट्टराई

कार्तिक २१, २०७६

 

खडानन्द र पत्नीको घमासान झगडा भयो । एक दिन, दुई दिन, तीन दिन भयो खडानन्द पत्नीसँग बोलेनन् ।

पत्नी : (हातमा मेटासिडको बोत्तल लिएर) (हेर अब म १० सम्म गन्छु, त्यति गन्दा पनि बोलेनौ भने यो बिष पिइदिन्छु म, १, २, ३, ४, ८ 

खडानन्द : (चुपचाप)

पत्नी (बोल्दैनौ साँच्चै ?

खडानन्द ? (फेरि पनि चुपचाप)

पत्नी : नबोल्ने नै हो साँच्चै ? (घचघच्याउँदै) नबोल्ने नै हो तिमी ?

खडानन्द : गिन्ती गर छिटो गिन्ती, १० भनिहाल खुरुक्क, खेल खत्तम गरिहाल ।

पत्नी : धन्यवाद, तिमी बोल्यौ, अब म यो विष पिउँदिन ।

खडानन्द छिमेकीसँग मिक्सर माग्न गए ।

छिमेकी : दाजु, यही आएर युज् गर्नुस् न ल ।

(भोलिपल्ट तिनै छिमेकी खडानन्दकहाँ कुचो माग्न पुगे )

खडानन्द : भाइ, यहीं आएर प्रयोग गर ल ।

१० कक्षाका विद्यार्थी खडानन्द र साथी हरिबोल ।

खडानन्द : भोलि हाम्रो स्कुल छुट्टी हुन्छ होला ।

हरिबोल : किन र ?

खडानन्द : पत्नी कस्ती हुनुपर्छ ? भन्ने विषयमा हेडसरले एकघण्टा प्रवचन दिनुभाको’थ्यो नि, मैले मोबाइलमा रेकर्ड गरेर म्यासेन्जरबाट पठाइदिएको छु म्याडमलाई ।

खडानन्द र सालीको गफ ।

खडानन्द : मै मुर्ख हुँ, तिम्लाई छोडेर तिम्री दिदीसँग विवाह गर्ने ।

साली : अँ, मलाई त अन्धी नै सम्झिनुभो कि क्या हो भिनाजु ? दिदीलाई हेर्‍या बेला मैले चाहिं तपाइलाई देख्या थिइन र ????

स्कुलको कक्षाकोठामा खडानन्द ।

खडानन्द : ल, आज सबैले आफू–आफूमा लुकेको विशेष क्षमता र खुबीका बारेमा बताउने, लु भन् बिर्खे, तेरो विशेष क्षमता के हो ?

बिर्खे : कुनै पनि कुरा कसैलाई नभनी धेरै समयसम्म आफ्नै मनमा राख्न सक्नु मेरो विशेष क्षमता हो सर ।

खडानन्द : एउटा उदाहरण दे त ।

बिर्खे : तपाईंकी छोरीको प्रेमपत्र मेरो झोलामा राखेको २ महिना भयो, तर मैले आजसम्म कसैलाई भनेको छैन ।

खडानन्दको सोच, चौधरी ग्रुपले पिङ हाल्यो भने, त्यो पिङको नाम सी जी पिङ हुन्छ होला है । 

सो अप गर्नुको पनि लिमिट हुन्छ नि यार, लभ म्यारिज गरेर पनि हनिमुन जान्छन् ? 

खडानन्द : छोरी तिमी ठूली भएर के गर्छौं नि ? 

 छोरी : ठूली हुन्जेलसम्म नकुर्ने म त चाडै बिहे गर्ने हो । 

 खडानन्द : छोरी यो एकदम गलत कुरा हो, यसरी सानै उमेरदेखि कसैको कुभलो चिताउनु हुन्न । 

यो बिर्सने बानीले पनि हैरान बनायो । तिमी बाहेक अरू केटीलाई हेर्दिन भन्छु तर बिर्सन्छु । 

ब्रेकिङ न्युज 

दक्षिणा कम भएको भन्दै भान्जीले गरिन् खडानन्दलाई फेसबुकमा ब्लक । 

पैसा गन्दै खडानन्द टीका लगाएर आएको दक्षिणाले सेकेन्ड ह्यान्ड भए पनि बाइक किनौला भनेको त पाएको दक्षिणा हेर्दा त हेलमेट पनि नआउला जस्तो छ । 

 

एउटा अन्डरवेयर किन्दा त पार्टी दे भन्छन् केटाहरू त्यसैले गएको दसैंमा नयाँ लुगा किनेर पनि हल्ला गरिएन । 

पैसा ठूलो कुरा होइन आशीर्वाद दिनुस् भन्दै टीका थाप्ने बित्तिकै हत्त न पत्त ट्वाइलेट गएर खामको पैसा हेर्नेहरूको तुजुक पनि रमाइलै हुन्छ । 

छतमा सुकाएको कपडा र फेसबुकका गर्लफ्रेन्ड उस्तै–उस्तै हुन् जतिबेला पनि उड्न सक्छन् ।

 

प्रकाशित :कार्तिक २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्