
साप्ताहिक संवाददाता

पछिल्लो समय राम्रै चर्चा कमाउन सफल अभिनेत्री हुन्– आँचल शर्मा । उनले केहि चलचित्र तथा थुप्रै म्यूजिक भिडियोमा सफल अभिनय गरेकी छिन् । सुन्दर अनुहारकी आँचल कसैको सपनी बन्नु नौँलो नलाग्न सक्छ । तर, यतिबेला भने आँचलको सपनामा बारम्बार अर्का सफल अभिनेता पुष्प खड्का सपना बनेर आईरहेको कुरा बताएकी छिन् ।
अभिनेत्री आँचलले यो सपनाको कुरा चाहिँ अहिलेकी लोकप्रिय गायिका बिन्दु परियारको नयाँ गीतको म्यूजिक भिडियोमा ब्यक्त गरेकी हुन् । सार्वजनिक उक्त गीत गायनमा गायिका परियारलाई गायक रविन बर्तौलाले साथ दिएका छन् ।
नेपाली गीत संगीतका लोकप्रिय स्रष्टा एकनारायण भण्डारीले लेखेको गीतमा आशिष अविरलको संगीत तथा संगीत संयोजन रहेको छ ।
गम्भिर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतको म्यूजिक भिडियोमा वैंशालु उमेरका प्रेम जोडीको माया, प्रेम र उनीहरुले यो उमेरमा देख्ने सपनालाई केन्द्रमा राखिएको छ । गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने गीतको सम्पादन नबिन निरौलाले गरेका हुन् ।