साप्ताहिक संवाददाता
कार्तिक २५, २०७६
र्याप गायक भिटेनको आवाजमा चलचित्र ‘सरौतो’को प्रमोशनल गीत सार्वजनिक भएको छ । मंसिर १३ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्रमा भिटेको र्याप समावेश गरिएको हो ।
गीतमा चलचित्रका केही दृश्य र सेटमै खिचिएका फुटेजहरु समावेश गरिएका छन् । गीतमा र्यापर भिटेनलाई पनि देखाइएको छ ।
हरि हुमागाईले निर्देशन रहेको चलचत्रिमा सुमी मोक्तान, विजय लामा, युवराज लामा, सन्नी सिंह, अमिर गौतम, धिरेन शाक्य लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
केही अघिमात्रै गीतमा अश्लिल शब्द प्रयोग गरेको आरोपमा थुनामा परेका उनले गाएको यो गीतमा प्रयोग भएका त्यस्ता शब्दमा ‘बीप’ गरिएको छ । युट्युबमा यो गीत ट्रेन्डिङको ७ औं नम्बरमा परेको छ ।
गीतको भिडियो :