• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
जुवाको खालमा सम्भ्रान्तहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

जुवाको खालमा सम्भ्रान्तहरू
कार्तिक २६, २०७६

 

तिहारको मौकामा ठूलो आर्थिक क्रियाकलाप हुने प्रमुख सहरहरूमा ठूला जुवाको खाल जम्ने गरेको पाइन्छ । दर्जनौं जुवाडे पक्राउ पर्नु र त्यही मात्रामा नगदसमेत बरामद हुनुले पनि यसलाई पुष्टि गर्छ ।

    १० कात्तिकमा महाराजगन्जबाट क्यासिनो किङ ‘बले’सहित हाइप्रोफाइल व्यवसायीहरूको ठूलै जुवाडे समूह प्रहरी फन्दामा पर्‍यो । धनाढ्य व्यवसायीहरूसमेत सहभागी मिनी क्यासिनोजस्तो लाग्ने महाराजगन्जस्थित उक्त जुवाको खालबाट २५ जना पक्राउ परे भने ३२ थान कौडासहित २ करोड ६७ लाख रुपैयाँ प्रहरीले बरामद गर्‍यो । 

    १५ कात्तिकमा महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाली सेनाका सेनानी राजेन्द्र शाहीसहित ८ जनालाई पक्राउ गर्‍यो । टोखास्थित उक्त जुवाको खालबाट प्रहरीले १ लाख ५९ हजार रुपैयाँसमेत बरामद गर्‍यो । 

दसैं अझ तिहारमा नेपालीहरूले रमाइलोका रूपमा सामान्य जुवा खेल्छन्, तर माथिका घटनाक्रमले यस्ता मौकामा भिआईपी तथा ठूला जुवाडेहरूसमेत सक्रिय भएको उदाहरण प्रस्तुत गर्छन् । यो कुरा कसरी पनि पुष्टि हुन्छ भने प्रहरीले असोज ३ गतेदेखि १३ गतेसम्म मात्र ४३ स्थानका जुवाको खालमा छापा मार्दा ३ करोड ३० लाखभन्दा बढी रकम बरामद गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ । 

तिहारको मौकामा ठूलो आर्थिक क्रियाकलाप हुने प्रमुख सहरहरूमा ठूला जुवाको खाल जम्ने गरेको पाइन्छ । दर्जनांै जुवाडे पक्राउ पर्नु र त्यही मात्रामा नगदसमेत बरामद हुनुले पनि यसलाई पुष्टि गर्छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौबाट मात्र दसै तिहारको अवधिमा झन्डै ३ सय जना जुवाडे पक्राउ परेका छन् भने ३ करोड १५ लाख राजस्व संकलन भएको छ । 

हरेक वर्षको दसैं–तिहारमा जुवाडेहरू बढी सक्रिय हुन्छन् । सर्वसाधारण पनि बिदामा परिवारसँग बसेर सामान्य तास खेल्ने तथा सुरक्षा निकायको पनि ध्यान नपुग्ने मौकालाई अवसरका रूपमा छोपेर पेसेवर जुवाडेहरू सक्रिय हुने भएकाले यो समयमा जुवा खेल्नेहरू बढी मात्रामा पक्राउ पर्ने प्रहरीको भनाइ छ । दसैं–तिहारमा जुवाडेहरू बढी सक्रिय हुनुको कारण यतिबेला जुवा खेल्नुपर्छ भन्ने मानसिकता, चाडबाडलाई देखाएर प्रहरीलाई टार्न सकिन्छ भन्ने सोच तथा पैसा हात पर्ने समयलाई कारण मान्छन् नेपाल प्रहरीका भक्तपुर प्रमुख रेवतीरमण पौडेल । ‘दसैं–तिहारमा जुवा खेल्नुपर्छ भन्ने मानसिकता छ, चाडवाड भएकाले टार्न र छल्न सकिन्छ भन्ने सोच पनि हाबी छ,’ पौडेल भन्छन्, ‘यो पैसा हात पर्ने बेला पनि भएकाले यो समयमा मानिसहरू बढी जुवा खेल्छन् ।’ उनका अनुसार पेसेवर रूपमा जुवा खेलाउनेहरू पनि यो समयमा बढी पैसा कमाउन सकिने भएकाले निकै सक्रिय हुन्छन् । 

रोचक त के भने यसपटकको दसैं–तिहारमा विगतको तुलनामा ठाउँ–ठाउँमा भीआईपी जुवाडेहरू प्रहरी फन्दामा परेका छन् । प्रधानमन्त्रीका सुरक्षा अधिकृतदेखि करोडपति व्यवसायीसम्मलाई जुवाको खालबाट प्रहरीले पक्राउ गरेको छ । यसपटकको दसैं–तिहारकै सबैभन्दा ठूलो जुवाको खालमाथि १० कात्तिक बिहान २ बजे काठमाडौं महाराजगन्जको पिपलमार्गस्थित विक्रम गौतमको घरमा प्रहरीले छापा मारेको थियो । ‘मिनी क्यासिनो’ संज्ञा दिइएको उक्त जुवाको खालबाट २५ जना पक्राउ पर्नुका साथै नगद २ करोड ६७ लाख तथा बैंक अफ काठमाण्डूको ३ लाखको चेक समेत प्रहरीले बरामद गरेको थियो । उक्त जुवाको खालबाट पक्राउ परेका बलेसहित ठेकेदार पवनकुमार गुप्ता, श्रवणकुमार गोयल, व्यवसायी पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामालगायतको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण विभागले छानविन गर्ने भएको छ । 

बलेसहितका हाइप्रोफाइल पक्राउ परेको एक साता नबित्दै कात्तिक १५ मा प्रहरीले प्रधानमन्त्री ओलीका एडिसी नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित ८ जनालाई जुवाको खालबाटै पक्राउ गर्‍यो । सामाखुसीस्थित एक घरबाट शाहीसहित बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही, किरणजंग शाह, नीरज राणा तथा जितबहादुर गुरुङ पक्राउ परेका थिए । उनीहरूबाट १ लाख ५९ हजार ३ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

जुवाको खालबाट केही स्थानीय तहका जनप्रतिनिधि तथा नेताहरूसमेत पक्राउ परेका छन् । ११ कात्तिकमा लमजुङ प्रहरीले बेसीसहरबाट निर्वाचित वडासदस्य, नेतासहित २५ जनालाई जुवाको खालबाट पक्राउ गर्‍यो । त्यहाँ पक्राउ परेकाहरूबाट २ लाख १६ हजार नगद तथा ३२ थान कौडा बरामद भएको थियो । प्रहरीले बेसीसहर–१ बाट निर्वाचित वडासदस्य र स्थानीय नेताहरूलाई पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय तथ्यांकले तिहारमा अर्थात् ३ कात्तिकदेखि १३ कात्तिकसम्म देशका ४३ स्थानमा जुवाको खालमा छापा मारिएको देखाउँछ । ती ४३ स्थानबाट ३ महिलासहित ४ सय ६५ जना पक्राउ परे भने उनीहरूबाट ३ करोड ३० लाख नगद बरामद भएको नेपाल प्रहरीको केन्द्रीय तथ्यांकमा उल्लेख छ ।

के हुन्छ जुवाडेलाई सजाय ? 

कानुनत: जुवा खेल्नुलाई बर्जित गरिएको छ । मुलुकी अपराधसंहिता, २०७४ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिना कैद वा ३० हजार रुपैयाँसम्म सजायको व्यवस्था गरिएको छ । यस्तै, दोस्रो पटक जुवा खेल्ने वा खेलाउनेलाई एक वर्ष कैद तथा ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । त्यसपछि पनि जुवा खेलेर पक्राउ परे पटकैपिच्छे थप तीन महिना कैद तथा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । 

उक्लँदो ग्राफ 

तीन वर्षमा ७ हजार जुवाडे पक्राउ

जुवाको खालबाट पक्राउ परेका घटना काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, धरान आदि सहरमा मात्र होइन, गाउँहरूमा उत्तिकै घटेको पाइन्छ । प्रहरीका अनुसार जुवामा हरेक वर्ष मुद्दा दर्ता र पक्राउ पर्नेको संख्या दुवै बढेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार जुवा खेल्नेहरूको संख्या वृद्धि भैरहेको देखिन्छ । पछिल्ला तीन वर्षको तथ्यांक विश्लेषण गर्दा जुवासम्बन्धी ९ सय ५६ वटा मुद्दामा ७ हजार १ सय ९७ जना पक्राउ परेका छन् भने ५३ जना फरार छन् । 

तथ्यांकअनुसार ०७३/७४ मा देशभर जुवासम्बन्धी २ सय ६ वटा मुद्दा दर्ता भएका थिए । उक्त मुद्दामा १ हजार ५ सय ४ जना पक्राउ परे भने १५ जना फरारकै सूचीमा छन् । यस्तै, ०७४/७५ मा ३ सय ५९ वटा मुद्दा दर्ता भए, जसमा २ हजार ८ सय २४ जना पक्राउ परे भने ३२ जना फरारको सूचीमा थिए । यस्तै, ०७५/७६ मा ३ सय ९१ जुवासम्बन्धी मुद्दा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ । ती मुद्दामा २ हजार ८ सय ६९ जना पक्राउ परेका थिए भने ६ जना फरार थिए । 

हरेक वर्ष जुवा खेल्नेहरूको बढ्नुको कारण के हो त ? नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल बेरोजगारी, गैरकानुनी पैसा तथा कानुन कडाइका साथ पालना गर्न नसक्नुलाई जुवा खेल्नेहरू बढ्नुको कारण मान्छन् । ‘जुवा खेल्नेहरूको संख्या वर्षैपिच्छे बढिरहेको छ,’ पोखरेल भन्छन्, ‘यसका मुख्य तीन कारण छन् । एउटा अवैधानिक आम्दानी, दोस्रो बेरोजगारी तथा तेस्रो कानुनको निर्दयताका साथ पालना गराउन नसक्नु ।’ पोखरेल कानुनअनुसार जुवा खेल्नेहरूलाई अधिकतम सजाय दिलाउनुपर्ने कुरामा जोड दिन्छन् । प्रवक्ता पोखरेलका अनुसार कानुनी रूपमा कमाउनेहरू हारजितका लागिभन्दा पनि रमाइलोका लागि मात्र जुवा खेल्छन् । प्रहरीले हालै महाराजगन्जस्थित जुवाको खालबाट बरामद ठूलो पैसाको स्रोत नदेखिएपछि सम्पत्ति शुद्धीकरण विभागलाई गुहारेको छ । यसले पनि पोखरेलको तर्कलाई बल पुर्‍याउँछ । 

दसैं–तिहारमा कहाँबाट कति पक्राउ 

काठमाडौं 

पक्राउ : ३ सय जना

बरामद रकम : ३ करोड १५ लाख 

ललितपुर

पक्राउ : २० जना 

बरामद रकम : ३ लाख ८० हजार 

भक्तपुर

पक्राउ : ३३ जना

बरामद रकम : ७ लाख ८३ हजार

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik