साप्ताहिक संवाददाता
वास्तविक जीवनमा धेरै कम व्यक्ति राजकुमारी हुन पाउँछन्, तर रहरमा जो कसैले आफूलाई राजकुमारी जस्तो बनाउन सक्छन् । यस्तै सोच एरिजोनाकी २३ वर्षीया लार्षा रासोको पनि छ । रासो बेलायतकी युवराज्ञी केट मेडिलटन डचेस अफ क्याब्रिजबाट यति प्रभावित छिन् कि उनले लगाएको जस्तो ड्रेस लगाएर फोटो खिचेर इन्स्टाग्राममा अपलोड गरिहाल्छिन् । कानुनकी विद्यार्थी लार्षाको रहर भनेको केटले गरेको फेसनको जतिसक्दो चाँडो अनुसरण गर्नु हो ।
आफुले युवराज्ञीजस्तो अन्तर्राष्ट्रिय र महँगो ब्रान्डको पहिरन लगाउन नसक्ने भए पनि उनी त्यस्तै किसिमका पहिरन सस्तो मूल्यमा अनलाइनबाट खरिद गर्छिन् । लार्षाले केटले लगाएको निलमको औंठीजस्तै देखिने औंठी ३ हजार रुपैयाँमा खरिद गरेकी छिन् । केटप्रतिको सद्भावको विषयमा बेलायती राजप्रसाद पनि जानकार छ । उनले युवराज्ञीको नक्कल गरेको विषयमा स्वयं केटको सचिवालयले उनलाई प्रशंसा पत्रसमेत पठाइसकेको छ ।