साप्ताहिक संवाददाता
मंसिर ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ, जसमा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा तथा माओत्से गुरुङलाई चित्रण गरिएको छ ।
सुशील श्रेष्ठ तथा रुबिना थापाको चलचित्र ‘लभ डायरिज’ फागुन २ गते प्रदर्शनमा आउने निश्चित भएको छ, जसलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।
आइतबार साँझ जय नेपाल हलमा आयोजित चलचित्र ‘घामड शेरे’ को विशेष शोमा सहभागी अभिनेत्री स्वस्तिमा खड्काले यो चलचित्र आशा गरेअनुरूप सफल हुन नसकेको धारणा व्यक्त गरेकी छिन् ।
दसैंअघि प्रदर्शित ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ भने यो अवधिमा चलचित्रले १४ करोड रुपैयाँ संकलन गरेको बताइएको छ ।
निर्माता तथा वितरक गोविन्द शाहीलाई प्रहरीले पुन: पक्राउ गरेको छ । चलचित्र लिलिबिलीको निर्माणका क्रममा १ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइन्छ ।
कात्तिक २९ गतेदेखि प्रदर्शनमा आउने आरएल मोक्तानद्वारा निर्देशित चलचित्र सम्हालिराख हैको ट्ेरलर सार्वजनिक भएको छ, जसमा अर्जुन कुँवर, शीतल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत आदि कलाकारले अभिनय गरेका छन् ।
चलचित्रका बुलबुलका चोपेन्द्र अर्थात मुकुन भुषाल नयाँ चलचित्र अन्तरेमा अनुबन्ध भएका छन्, जसलाई सत्यराज चौलागाईंले निर्देशन गर्दैछन् ।