साप्ताहिक संवाददाता
मंसिर ३, २०७६
भाग्यले साथ दियो भने डोकोमा दुध दुहे पनि अडिन्छ भनिन्छ । हो, यस्तै किसिमको स्थिति एक व्यक्तिमाथि आइलागेको छ । इकर्म साइट इबेमा एक व्यक्तिले लिलाममा राखिएको सेरामिकको एउटा करुवा १ पाउन्ड अर्थात् १ सय ४६ रुपैयाँमा खरिद गरे ।
निकै कलात्मक देखिने उक्त करुवा पुरानो जस्तो लागेर परीक्षण गराउँदा त्यो चीनको क्वानलोङ साम्राज्यकाल अर्थात् सन् १७३५ देखि १७९६ कोबीचमा निर्माण भएको कुरा पत्ता लाग्यो । पहेलो रंगको उक्त करुवामा कुँदिएका अक्षर तथा आकृतिहरू निकै कलात्मक छन् भने करुवा पनि एकातर्फसम्म सीधा र अर्कातर्फ अर्धगोलाकार छ । उक्त प्राचीन करुवा ती व्यक्तिले लिलाममा राख्दा चीनकै एक व्यापारीले ७ करोड ७ लाख ८० हजार रुपैयाँमा सकारे । लिलाम गृहले उक्त करुवा खरिद तथा बिक्री गर्ने दुवैको नाम गोप्य राखेको छ ।