अनौठो डिजाइनको किया फ्युचरन

- साप्ताहिक संवाददाता

मंसिर ५, २०७६

चीनको सांघाईमा सम्पन्न इन्टरनेसनल इम्पोर्ट एक्सपोमा किया मोटर्सले कन्सेप्ट एसयुभी फ्युचरन प्रदर्शनमा राखेको थियो । उक्त कारको छत पुरै ग्लासले बनेको छ । यो कार फ्लेक्जिबल हुनुका साथै यसमा हाइटेक इन्टेरियर समावेश गरिएको छ । कम्पनीले फ्युचरनको डिजाइनले भविष्यमा आउन सक्ने इलेक्ट्रिक कारको झलक दिने दाबी गरेको छ । उक्त डिजाइन कुनै उडनतस्तरीको जस्तै लाग्छ । 

फ्युचरनको लम्बाई ४८५० एमएम, उचाई १५५० एमएम तथा ह्विलबेस ३००० एमएम छ । यसको फ्लोरमा उच्च क्षमताको ब्याट्री जडान गरिएको छ । उक्त ब्याट्रीले कारको चारै ह्विलमा भएको मोटरसम्म इलेक्ट्रिक इनर्जी पुर्‍याउने काम गर्छ । कार र ड्राइभरसँग सम्पर्क गर्न उक्त एसयुभीको स्ट्रक्चर र डिजाइनमा हाइटेक एलिमेन्ट्स जडान गरिएको छ । यो कारको डिजाइन एलियन विमान जस्तो देखिने कम्पनीले जानकारी दिएको छ ।

यो कारमा अटोनोमस ड्राइभिङका लागि अन्य सेन्सर पनि जडान गरिएको छ । फ्युचरन कारमा टाइगर नोज फ्रन्ट ग्रिल समेत समावेश छ । यो एसयुभीमा फ्लेक्जिबल क्याबिन छ । यसमा दुईवटा फ्लेक्जिबल फ्रन्ट सिट छन् भने यसमा भएको जीरो गुरुत्वाकर्षण सिटिङ पोजिसनका कारण लामो दूरीको यात्रामा ड्राइभरलाई थकान महसुस हुँदैन । 

प्रकाशित :मंसिर ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×