मंसिर ६ देखि १२ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मंसिर ६, २०७६

मंसिर ६ गते उत्पत्तिका एकादशी । ९ गते बाला चतुदर्शी, शतबीज छर्ने दिन । 

           

 

मेष  

बारम्बारको प्रयास जारी राख्न सके सवारी साधन हात लाग्ने सम्भावना छ । घरेलु कार्यमा अल्मलिँदा महत्त्वपूर्ण काम ओझेलमा पर्न सक्छ । अनुभव नभएको व्यवसाय उत्तेजित भई सञ्चालनमा नोक्सान पुर्‍याउन सक्छ । शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ । लामा तथा छोटा दूरीका यात्रा हुन सक्छ । 

वृष  

शिक्षाप्रेमीहरूका निम्ति सुखद साता रहनेछ । सोचेका योजनाहरू आंशिक रूपमा पूर्ण हुनेछन् । प्रेमिकाको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । वैदेशिक कार्यमा सफलता नै हात पर्नेछ । चिसो मौसममा अबेरसम्मको कार्यले स्वास्थ्यमा अचानक गडबडी देखा पर्न सक्छ । सूर्य भगवान्को सेवाले प्राय: समस्या निराकरण हुनेछन ।

मिथुन 

स्वरोजगार प्राप्तिका निम्ति अनावश्यक दौडधूप गर्नुपर्ने हुन सक्छ । साथीभाइसँग आकस्मिक भ्रमण गर्दा आफ्नै धन खर्च हुनेछ । कर्मचारीवर्गका निम्ति स्थान परिर्वतन वा नयाँ अन्य अवसर आइलाग्ने सम्भावना छ । हरियो रंगको अनुसरणले महत्त्वपूर्ण व्यक्तिहरूको भेटघाटमा जिम्मेवारी बहन गर्न सघाउ पुर्‍याउनेछ ।  

कर्कट 

परिस्थिति रमाइलो भए पनि भविष्यको चिन्ताले सताउन सक्छ । भौतिक सुखले मात्र ढुक्क हुन नसकिएला । प्रेममा अविश्वास जाग्न सक्छ । मनको भय उत्साहमा परिणत हुनेछ । मेहनत गर्दा जीवनशैलीमा परिर्वतन ल्याउन सकिनेछ । सप्ताहन्तमा यात्रा गर्ने साइत जुर्नुका साथै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।  

सिंह  

सरोकार नभएका विषयमा चासो राख्दा दु:ख पाइनेछ । पढाइ–लेखाइमा त्यति ध्यान दिन नसकिएला । आइतबारदेखि कतिपय बाधा स्वत: हट्नेछन् । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । बलजफ्तीले काम बिग्रनेछ भने गल्ती सच्याउने प्रतिबद्धताले गुमेको प्रतिष्ठा फर्काउनेछ ।

कन्या

सातामा सुरुका दिन मनोरञ्जक हुनेछन् । अध्ययनमा गरिएको वैदशिक लगानी खेर जानेछैन । पारिवारिक मनमुटाव तथा खटपटमा निराशा छाउँदा प्रेमिकाले थप ऊर्जा दिलाउनेछिन् । मित्रहरूको आर्थिक सहयोग ढिलो प्राप्त भई अवसर गुम्दा मन खिन्न हुनेछ । साधन चलाउँदा र मनोरञ्जन गर्दा सावधानीअपनाए वेश नै हुनेछ ।

तुला  

मेहनत गर्दा जीवनशैली मोडिन सक्छ । साताको मध्यतिर घरायसी तथा अफिसयल दुवैतर्फको बोझिलो कार्यभार आइलाग्न सक्छ । पारिवारिक सदस्यहरूले मन दुखाइमा हेक्का राखी साथ दिएमा उचित हुनेछ । पुर्खाको धन खर्च गरेर सवारी साधन खरिद गर्ने अवसर जुट्ने सम्भावना छ । 

वृश्चिक

ठूला खाले भावी योजनालाई परिणाममुखी बनाउन प्रेमिकाले सहयोग गर्नेछिन् । आफन्त तथा अभिभावकको निगरानीले तपाईंलाई व्यावहारिक बन्न प्रेरणा दिनेछ । मन मिल्ने मित्रहरूको सुझाव आत्मासात् गर्न सक्दा उचाइमै पुगिनेछ । सभा–सम्मेलनमा सहभागी हुँदा आफ्नो प्रतिभाले नाम र दाम कमाउन सकिनेछ ।  

धनु 

विभिन्न स्थानको भ्रमण हुँदै मनोरञ्जनले नै साता व्यतीत हुनेछ । कुरा काट्नेहरूले तपार्इंको भौतिक साधनको समेत चियोचर्चो गर्न पछि पर्ने छैनन् । पहेंलो धातुको उपहारसहित प्रेमिकाले नयाँ अवसर प्राप्त भएको खबर सुनाउँदा हर्षित भइनेछ । अभिभावकको सुझावले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ ।

मकर 

अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ । दिगो फाइदा हुने कार्य वा नोकरी प्राप्त हुनेछ । ईष्या गर्नेहरूलाई पुरुषार्थी काम गरेर देखाउन सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । 

कुम्भ 

पराक्रम बढ्नुका साथै काममा सोचेजस्तो सफलता हात पर्नेछ । प्रतिस्पर्धीहरूलाई उछिनेर विशेष अवसर हात पार्न सकिनेछ । राम्रै आम्दानी हुने रोजगारी जुट्न सक्छ । अरूलाई वचन दिँदा केही अप्ठ्यारोमा परिएला । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । 

मीन 

परिवारजनको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ । गल्ती सच्याउने प्रयत्नले गुमेको प्रतिष्ठा दिलाउनेछ । टाढिएका आफ्नतहरू न्जिकिनेछन् । मन एकाग्र रहनुका साथै अध्ययनमा प्रगति हुनेछ । घरको सजावटबाट धेरैको मन लोभ्याउन सकिनेछ । अवसरका लागि शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ । 

 

प्रकाशित :मंसिर ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×