बत्ती नबाली निद्रा लाग्दैन : आकाश श्रेष्ठ

- साप्ताहिक संवाददाता

मंसिर १२, २०७६

युवापुस्तामाझ रुचाइएका अभिनेता हुन्— आकाश श्रेष्ठ । चलचित्र ‘म त तिम्रै हुँ’ बाट डेब्यु गरेका आकाशले थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेको चलचित्र पोइ पर्‍यो काले गत तिहारमा प्रदर्शन भएको थियो । चलचित्रका साथै म्युजिक भिडियोमा समेत व्यस्त श्रेष्ठले आफ्ना केही सेक्रेट कुराहरू यसरी बताए : 

प्रेमप्रस्ताव स्वीकार गर्न भ्याएको छैन

धेरैले म अफेयरमा छु भन्ने अनुमान गर्नुभएको हुनसक्छ, तर म सिंगल नै छु । मलाई धेरैले प्रेमप्रस्ताव राख्नुभएको छ, तर काममा व्यस्त भएकाले प्रस्ताव स्विकार गर्न भ्याएको छैन । 

महिनामा एक दिन बालआश्रम 

म महिनाको एकदिन बालआश्रम पुग्छु । त्यहाँ पुगेर म बालबालिकाहरूलाई खाना ख्वाउँछु भने उनीहरूको कुरा पनि सुन्छु । यस्तो काम गर्दा मलाई आनन्द प्राप्त हुन्छ । 

एकान्तप्रेमी छु 

मलाई एकान्त मनपर्छ । त्यसैले धेरै तनाव भयो भने एकान्त ठाउँमा गएर बस्छु । एकान्तमा बस्दा धेरै नयाँ कुराहरू सोंच्न सकिन्छ । 

४ घन्टा जिम

म बिहान २ घन्टा तथा बेलुका २ घन्टा गरी दिनमा ४ घन्टा जिम गर्छु । कुनै बेला सुटिङले गर्दा भ्याइदैन त्यसैले जिमका केही सामान आफैंसँग राख्छु । सुटिङका क्रममा फुर्सद भयो भने ती सामान निकालेर एक्सरसाइज गरिहाल्छु । 

बत्ती नबाली निद्रा लाग्दैन 

मलाई बेलुका बत्ती नबाली सुत्यो भने निन्द्रा लाग्दैन । त्यसैले राति जहिले पनि बत्ती बालेर सुत्छु । 

हवाई यात्रा गर्न डराउँछु

मलाई हवाइजहाज तथा हेलिकप्टरको यात्रा गर्न निकै डर लाग्छ । त्यसैले धेरैजसो गाडीमै यात्रा गरिरहेको हुन्छु । 

प्रकाशित :मंसिर १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×