साप्ताहिक संवाददाता
मंसिर १८, २०७६
नेपाली कथानक चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको टिजरमा चलचित्रका मुख्य पात्र विपिन कार्कीको क्यारेक्टर प्रस्तुत गरिएको छ ।
टिजरमा विपिन कार्कीको सेलिब्रेटी हुँदाको रवाफ र आउटडेटेड कलाकार भइसकेपछिको अवस्था चित्रण गरिएको छ । ‘सेल्फी किङ्ग’मा वीपिन कमेडियन सेलिब्रिटीका रुपमा प्रस्तुत भएका छन् ।
विशाल सापकोटाले निर्देशन गरेको यो चलचित्रको कथा पनि निर्देशक स्वयमले लेखेका हुन् । दिनेश राउत र सुभास थापा चलचित्रका निर्माता हुन् । चलचित्र ‘सेल्फी किङ्ग’ माघ २४ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा छ ।
टिजर :