साप्ताहिक संवाददाता
मंसिर १९, २०७६
गायक थानेश्वर गौतम नयाँ गीत सार्वजनिक भएको छ । उनले हालै ‘सिन्की मस्यौरा’ बोलको गीत म्यूजिक भिडियो सहित सार्वजनिक गरेका हुन् । दुर्गा पौडेलले लेखेको उक्त गीतमा संगीत भने गायक गौतम स्वयम् ले गरेका छन् ।
ठट्यौली पाराको यो गीतमा उदयराज पौडेलको संगीत संयोजन सुन्न सकिन्छ । हरि केसीको परिकल्पनामा तयार पारिएको गीत किशोर थापाले मिक्सीङ गरेको हुन् ।
किशोर भण्डारीले निर्देशन गरेको म्यूजिक भिडियोमा गायक थानेश्वर गौतमलाईनै मेन रोलमा देख्न सकिन्छ । किशोर भण्डारी, रेश्मा तिमिल्सीना, गरिमा तिमिल्सीना, कुमार न्यौपाने र राधाकृष्ण सापकोटालाई पनि म्यूजिक भिडियोमा देख्न सकिन्छ ।
गीतको म्यूजिक भिडियो :