हैदरावाद बलात्कार काण्डका ४ आरोपी इन्काउन्टरमा मारिए

- साप्ताहिक संवाददाता

मंसिर २०, २०७६

भारतको हैदरावादमा एक महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गरेर जलाउने ४ अभियुक्तलाई प्रदेश प्रहरीले शुक्रबार बिहान इन्काउन्टरमा मारेको छ ।

शुक्रबार बिहान प्रहरीले ती अभियुक्तलाई घटनाबारे थप जानकारी लिनका लागि घटनास्थलमा लगेको थियो । घटनास्थलमा पुगे लगत्तै अभियुक्तहरुले प्रहरीको बन्दुक खोसेर भाग्न खोजेपछि उनीहरुलाई गोली प्रहार गरिएको तेलगू प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्तहरुलाई शुक्रबार बिहान साढे ३ बजे बैंगलुरु–हैदरावाद राजमार्गमा पर्ने चट्टानपाली गाउँ नजिकै लगेको थियो । प्रहरीका अनुसार अभियुक्तहरुलाई कसरी महिलाको हत्या गरेको भन्ने विषयमा सोधपुछ गर्ने क्रममा प्रहरीमाथि नै जाइ लाग्न खोजेपछि प्रतिकारमा उनीहरु मारिएका थिए । 

मारिनेहरुमा मोहम्मद अलि अलियास मोहम्मद अरिफ,जोलु शिवा,जोलु नविन कुमार र चिन्ताकुन्ता चिना केशुभुला रहेका छन् । उनीहरु प्रहरीमाथि नै जाइ लागेका थिए । अघिल्लो साता उनीहरुले २६ वर्षीय एक भेटनरी डाक्टरलाई बलात्कारपछि हत्या गरेका थिए । उक्त हत्याको समाचार संसारभर सनसनीपुर्ण रुपमा फैलिएको छ ।

प्रकाशित :मंसिर २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×