काठमाडौंमै प्रमिकाले गरिन प्रेमीको लिंग छेदन 

- साप्ताहिक संवाददाता

मंसिर २४, २०७६

काठमाडौंको कपन स्थित डेरामा बस्ने एक युवतीले आफ्नै प्रेमीको लिङ्ग छेदन गरिदिएकी छिन् । ति युवतीमा प्रेमीले दिएको धोकाको बदला लिङ्ग छेदन गरेर लिएको बताईएको छ । प्रेम वियोग पछि आफ्ना प्रेमीलाई अन्तिम पल्ट भेट्न भन्दै कोठामा बोलाएर चक्कुले लिंग छेदन गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

१९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौंडा घर भई हाल बौद्ध बस्ने २१ वर्षिया राजीव सुनुवारको लिंग छेदन गरेकी हुन् । सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेशबहादुर सिहंका अनुसार उनीहरू दुवै जना हायात होटलमा काम गर्दै आएका थिए । 

फरक धार्मिक पृष्ठभूमीका उनीहरुको एकै होटलमा काम गर्दा गर्दै प्रेम सम्बन्ध कायम भएको थियो । केटीले विवाहका लागि प्रस्ताव गर्दा केटाले घरबाट फरक धर्मकी केटीलाई अस्विकार गरेको भन्दै राजीवले विवाह नगर्ने बताएका थिए । त्यसपछि उनकी प्रेमीकाले कोठामा बोलाएर लिङ्ग छेदन गरिदिएको प्रहरीले जनाएको छ । प्रहरीले ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित :मंसिर २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×