साप्ताहिक संवाददाता
पल शाह र पूजा शर्माको जोडीलाई दर्शकले निक्कै रुचाएका छन् । पहिलो चलचित्रबाटै दर्शकको माया पाएको यो जोडी दोस्रो पटक स्क्रिन शेयर गर्दै छ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा सँगै देखिन लागेको यो जोडीलाई यहि चलचित्रको ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा पनि दर्शकले रुचाएका छन् ।
गत बिहिबार मात्रै रिलिज भएको चलचित्रको उक्त गीत नेपालमा युटुब ट्रेन्डिङको पहिलो स्थानमा पुग्न सफल भएको छ । गीत सार्वजनिक भएको वुढासुब्बा डिजिटलको युटुब च्यानल ह्याक भएको छ । च्यानल ह्याक भएपनि गीतले भने १ नम्बरमा स्थान जमाएको हो ।
अर्जुन पोखरेलको शब्द/संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीले स्वर दिएका छन् । सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
गीतको भिडियो :