साप्ताहिक संवाददाता
आउँदो शुक्रवारदेखि काठमाडौंको कुमारी हलमा चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो ट्वीटर अकाउन्टमार्फत डिसेम्बर २७ देखि नेपालमा चिनियाँ चलचित्र महोत्सव शुरु हुने बताएकी हुन् ।
उनले ट्वीटरमा लेखेकी छन् ‘चिनियाँ चलचित्र महोत्सव डिसेम्बर २७ देखि काठमाडौंमा शुरु हुँदैछ । मलाई ट्वीटरमा फ्लो गर्नुस र मेरो पोस्टलाई रिट्वीट र कमेन्ट गर्नेले चलचित्र महोत्सवको टिकट पाउनु हुनेछ । यो पोष्टमा ट्वीट र कमेन्ट गर्ने मध्येबाट छानिएका ५ जनाले चिनियाँ चलचित्र महोत्सवको दुई/दुई वटा टिकट जित्नेछ ।’
उक्त पोष्टलाई डिसेम्बर २६ को राती १२ बजेसम्म कमेन्ट र रिट्वीट गर्न सकिने उल्लेख गरिएको छ ।
The Opening Ceremony of Chinese Film Festival will be held on December 27 in Kathmandu.
-Follow me and retweet this post
-Comment on this post and tag 1 friend
-Ends at 12:00 AM on December 26
2 tickets will be given away to the Top 5 winners with the most likes! Good Luck! pic.twitter.com/nSL4wpiarl
— Ambassador Hou Yanqi (@PRCAmbNepal) December 24, 2019