साप्ताहिक संवाददाता
पुस ११, २०७६
आगामी फागुन एक गते ‘ज्योति फिल्म्स म्युजिक अवार्ड’ हुने भएको छ । गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्डको आयोजना गर्न लागेको ज्योति फिल्म्स प्रोडक्सनले बताएको छ ।
१ वैशाख २०७५ देखि २० पुससम्म बजारमा आएका गीतसंगीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान गर्ने बताईएको छ ।
स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिने आयोजक प्रोडक्सनका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए ।
आयोजकका अनुसार मनोनयनका लागि आवेदन फर्म खुला भइसकेको र पुस मसान्तसम्म फर्म भरिसक्न सबै सरोकार पक्षलाई आह्वान गरिएको छ । सम्मान कार्यक्रममा दुई सञ्चारकर्मीलाई सम्मान गरिने बताइएको छ ।