साप्ताहिक संवाददाता
पुस २४, २०७६
गायिका अञ्जु पन्तको स्वरमा ‘ठेकी भित्र मदानी’ बोलको गीत सार्वजनिक भएको छ । गाययिका पन्तसँग गायक गगन सरगमले गायनमा सहयात्रा गरेका छन् ।
निम संगीतले संगीत दिएको गीतलाई कपिल कस्पालले लेखेका हुन् ।
सुरेश बसेलले कोरियोग्राफी गरेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग जोडी बाँधेकी छिन् ।
गीतको भिडिओलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।
गीतको भिडियो :