साप्ताहिक संवाददाता
चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली...’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा अग्रज पत्रकार ऋषि धमालाले उक्त गीत औपचारिक रुपमा सार्वजनिक भएको घोषणा भएका हुन् । उक्त गीत ओएसआर डिजिटलबाट वल्र्डवाइड रिलिज गरिएको छ ।
समारोहमा प्रमुख अतिथि अग्रज पत्रकार ऋषि धमलाले औपचारिक रूपमासमारोहमा चलचित्रका कार्यकारी निर्माता कुमारप्रसाद ओझाले चलचित्र इन्काउन्टर नेपाली चलचित्र क्षेत्रका लागि नयाँ प्रयोग हुने बताउँदै नवीनतम् सन्देश र संकल्पसहितको चलचित्र निर्माणमा आफ्नो टिम लागेको उल्लेख गरे ।
सार्वजनिक भएको आइटम गीतमा सूर्यकमल राईको संगीत रहेको छ भने शब्द लेखन नारायण नेपालको रहेको छ ।
उक्त गीतमा गीतमा मीना निरौलाको स्वर रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नरेन्द्र भट्टराई (एनबी अञ्जान) ले गरेका हुन् । चलचित्रमा सहनिर्माता कविभक्त क्षेत्री र देवराज प्रसाई रहेका छन् ।
चलचित्रमा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश डिसी, दिनेश खड्का, बिएस राणा, फूर्वा दोर्जे तामाङ, सबिता रेग्मी, साबित्रा थिङ आदि कलाकारहरुले अभिनय गरेका छन् ।
गीतको भिडियो :