साप्ताहिक संवाददाता
पुस २७, २०७६
नेपाली सुगम संगीतमा आफ्नो पहिचान बनाउँन संघर्षरत गायिका हुन्– बिना भट्टराई । उनै गायिका भट्टराई यतिबेला रबि ओडसँग भेटिएकी छिन् । नेपाल आईडल सिजन २ का बिजेता रबि ओड र गायिका बिना भट्टराईले हतारका कुरा गरेका छन् ।
उनीहरुको यो भेट भने एक गीतको युगल गायनका क्रममा भएको हो । ‘भयो हतार’ बोलको सार्वजनिक गीतमा उनीहरुले युगल गायन गरेका छन् । नृपेश उप्रेतीले लेखेको उक्त गीतमा रबि मल्लले संगीत भरेका छन् । गीतमा दृष्टि पौडेलको संगीत संयोजन सुन्न सकिन्छ ।
गीतको म्यूजिक भिडियोमा भने अभिनेत्री वर्षा राउत र स्रवण न्यौपानेले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :