साप्ताहिक संवाददाता
पुस २८, २०७६
गायिका प्राश्ना शाक्यको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । आँसुले छचल्किएर आँखाहरु’बोलको सार्वजनिक गीतले एक एकल महिलाको वेदनालाई प्रस्तुत गरेको छ । गीतमा बबुको स्पर्श नपाएकी एक बालिकाको मनोदशालाई पनि प्रस्तुत गरेको छ ।
रुवी पोखरेलले लेखेको गीतको म्यूजिक भिडियोमा जीवन भट्टराई, इस्टु कार्की र दीप्सना भट्टराईले मन छुने अभिनय गरेका छन् । गीतमा सुनिल मास्केको संगीत सुन्न सकिन्छ ।
गीतमा प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ । युवराज वाइवाले निर्देशन गरेको गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :