साप्ताहिक संवाददाता
माघ १, २०७६
चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन २ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको यो चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन् ।
प्रेमकथामा आधारित चलचित्रको सार्वजनिक टिजरमा शिर्ष कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई प्रस्तुत गरिएको छ ।
विनोद सापकोटाले निर्माण गरेको चलचित्रमा सुशील र रुबिनाका साथमा विश्वजित रिमालले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
चलचित्रको कथा तथा पटकथा मधु बास्तोलाले लेखेका हुन् । शाहील खान सह–निर्देशक रहेको चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन रहेको छ भने चलचित्रमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ ।