साप्ताहिक संवाददाता
माघ १, २०७६
भ्वाइस अफ नेपाल सिजन २ की प्रतियोगी निर्मला घिसिङले ‘दरबन्दी’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।सार्वजनिक गीतमा सुसन लामाको शब्द तथा संगीत सुन्न सकिन्छ ।
उनले भ्वाइस अफ नेपाल सिजन २ को ब्याटल राउन्ड पार गरेकी थिइन् । यसअघि केही गीतमा स्वर दिइसकेकी उनको यो गीत तामाङ सेलो शैलीमा निर्माण गरिएको छ ।
गीतमा उनी आफैले अभिनय गरेकी छन् । जसमा दिपेश प्रधानले मिक्सिङ गरेका छन् भने अजय स्याङ्तानले भिडियो निर्देशन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :