लक्का जवानको शिर्ष गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

माघ २, २०७६

प्रदर्शनको प्रचारमा रहेको नेपाली कथानक चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बब्लु गिरीको संगीत, डीपी खनालको शब्द तथा बब्लु र मिना निरौलाको स्वर सुन्न सकिन्छ । 

गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । भिडियोमा अभिनेत्री प्रियंका कार्की र दिलिप रायमाझी र अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा सिवाकोटीलाई जोडीको रुपमा देख्न सकिन्छ । चलचित्रको शिर्ष भूमिकामा देखिएका किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, मीत्र डी गुरुङको सम्पादन छ ।

चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन शिवहरि पौड्यालको छ । अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रका किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माता हुन् ।  चलचित्र आगामी चैत्र २१ गतेबाट रिलिज हुने छ । 

 

प्रकाशित :माघ २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×