साप्ताहिक संवाददाता
लामो समयदेखि चिकित्सका पेशामा आवद्ध डा.रञ्जित कुमार झा कुशल संगीतकर्मी पनि हुन् । सुगम संगीतमा आधारित थुप्रै वटा लोकप्रिय गीतहरु गाइसकेका यी चिकित्सक तथा गायकले यतिबेला हाम्रै क्षेत्रसंग सम्बन्धित एउटा यथार्थपरक गीत गाएका छन् ।
डा.झाकै शब्द, संगीत तथा स्वरको उक्त गीत ‘हाम्रो जीत...’ को म्युजिक भिडियो हिजो मंगलबार सार्वजनिक भएको छ । उक्त भिडियोलाई डा.झाले नै निर्देशन गरेका हुन् । गीतमा चिकित्सकहरुलाई उपचारका क्रममा पर्ने कठिनाइहरु, चुनौतीहरु तथा यथार्थतालाई चित्रण गरिएको छ ।
चिकित्सकहरुको जीवनका मार्मिक पक्षहरु समेत समेटिएको उक्त गीतको भिडियोमा पनि चिकित्सकहरुका विभिन्न गतिविधिहरुलाई समेटिएको छ । गायक झाले आफूले उक्त गीत नेपालका सम्पूर्ण चिकित्सकहरुका लागि गाएको समेत स्पष्ट पारेका छन् ।
शिक्षण अस्पताल, महाराजगञ्जबाट एमडी गरेका कन्सल्ट्यान्ट फिजिसियन तथा कार्डियो डाइविटोलोजिष्ट समेत रहेका डा.झा यतिबेला राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत छन् ।
यस्तो छ हाम्रो जीतको म्युजिक भिडियो :