साप्ताहिक संवाददाता
चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनका बिच उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।
रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलरले परिवार भित्रको राजनीतिको कथा भन्न खोजेको देखिन्छ ।
ट्रेलरमा मुख्य कलाकारहरु सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतलाई देखाइएको छ । श्रीमान् तथा श्रीमतीको घर झगडाका साथै एउटा परिवारका सदस्य भिन्न पार्टिमा हुँदा आउने समस्यालाई चलचित्रमा देखाउन खोजिएको ट्रेलरबाट बुझ्न सकिन्छ ।
कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रलाई शैलेन्द्र डी कार्कीले खिचेका हुन् । निमेष श्रेष्ठको समपादन, राजनराज सिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको संगीत छ । यो चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ ।
यो चलचित्रबाट आएको नाफाको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।