• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
‘पार्ले–जी’ बिस्कुटको कथा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

बिकेश कविन

‘पार्ले–जी’ बिस्कुटको कथा
माघ १८, २०७६

हामी धेरैजसोलाई ‘जिनियस’ बन्न मनलाग्छ । जिनियस बन्न मन नलाग्ने आखिर कोचाहिँ होला ? जिनियस नै बनिन्छ कि भनेर हामी धेरैजनाले भारतको प्रसिद्घ कम्पनी ‘पार्ले’को ग्लुकोज बिस्कुट ‘पार्ले–जी’ कति खायौं, त्यसको कुनै हिसाबकिताव नै छैन । हामीमध्ये कोही जिनियस भए होलान्, कोही जिनियस बन्ने मार्गमा होलान् । कोही भने जति प्याकेट पार्ले–जी बिस्कुट खाँदा पनि जिनियस बन्न सकेनन् होला । यो लेखमा ‘पार्ले–जी’ बिस्कुटको इतिहासदेखि वर्तमान समयसम्मका विविध किस्साहरू समेट्ने प्रयत्न गरेको छु ।

जुनबखत भारतमा अङ्ग्रेजहरूको राज थियो, त्योबेला भारतीय बजारहरूमा बेलायती उत्पादनहरूकै वर्चस्व थियो जुन निकै महँगा थिए । ती बेलायती सामग्रीहरू धनीहरूका अतिरिक्त अन्य गरिब भारतीय जनमानसहरूले किन्नै सक्दैनथिए । त्यो बेला अङ्ग्रेजहरूले नै बनाएका मिठाईहरू पनि पाइन्थे तर ती मिठाईहरू समेत किनेर खाने हैसियत आम भारतीयहरूको थिएन । 

यो कुरालाई बुझेर आम भारतीयहरूले पनि चकलेट खान पाऊँन् भनेर भारतका मोहनलाल दयाल मिठाई बनाउँन सिक्न भनेर जर्मनी गए । त्यहाँ उनले मिठाई बनाउँन सिके । अनि भारत फर्किदाँ आफूसँगै साठी हजार रुपैयाँमा किनेको ‘केन्डीमेकर मेसिन’ लिएर फर्किए । सन् १९२८ मा दयालले गाईको गोठमै ‘पार्ले’ कम्पनीको अनौपचारिकरूपमा स्थापना गरे अनि त्यहीँ बन्न थाल्यो आम भारतीयको निम्ति ‘पार्ले ओरेन्ज केन्डी’ जुन प्रोडक्ट पार्ले कम्पनीको पहिलो प्रोडक्ट हो । यो चकलेट आम भारतीय नागरिकहरूले खुब रुचाए । महँगा ब्रिटिस केन्डीहरूका विकल्पमा आम भारतीयहरूका निम्ति बनेको पहिलो चकलेट यही नै हो । वास्तवमा, बेलायती बजारविरूद्घको सानो क्रान्ति पनि हो यो जसको सम्पूर्ण जस मोहनलाल दयालमा जान्छ ।

पार्ले कम्पनीको सुरुवाती दिनका केवल १२ जना कामदार थिए । ती पनि मोहनलाल दयालका परिवारका सदस्यहरू नै थिए । तिनीहरू मिठाई बनाउनको निम्ति अहोरात्र काम गर्ने गर्थे । आफू रेसमका व्यापारी हुँदाहुँदै पनि दयालले यो काम गरिरहेका थिए । 

मुम्बईको ‘पार्ला’ भन्ने ठाउँमा खोलिएको कारणले कम्पनीको नाम पनि अलि फेरेर ‘पार्ले’ हुनगएको हो ।  

त्यो बेला अङ्ग्रेजहरूले चियासँगै बिस्कुट खानेगर्थे । त्यो बिस्कुट पनि निकै महँगा थिए । गरिब भारतीयहरूले खानसक्दैन थिए । यस कुरालाई मध्यनजर गर्दै व्यापारी मोहनलाल दयालले सन् १९३९ (जुन सालमा दोस्रो विश्वयुद्घ पनि सुरु भयो) बाट ‘ग्लुकोज बिस्कुट’ बनाउन थाले जुन बिस्कुट निकै नै सस्तो थियो । पार्ला भन्ने ठाउँमा पार्ले कम्पनीले बनाएको कारणले उक्त बिस्कुटको नाम ‘पार्ले ग्लुको’ हुनगयो । यसरी भारतमा आम भारतीय जनमानसहरूको निम्ति पार्ले ग्लुको बिस्कुटको जन्म भयो जुन ग्लुकोज बिस्कुट गरिब भारतीयहरूले मात्र रुचाएनन्, धनी बेलायती उत्पीडक र सामन्तीहरूले पनि खुब रुचाए । सन् १९४५ मा दोस्रो विश्वयुद्घ समाप्त भयो जुन बेलासम्म पार्ले ग्लुको बिस्कुटले बेलायती बिस्कुटहरूलाई पनि जितिसकेको थियो र आफ्नो बजार पनि जमाइसकेको थियो । पार्ले ग्लुको बिस्कुटलाई दयाल र आम भारतीयहरूले गरेको दोस्रो बजार–क्रान्तिको रूपमा देख्न सकिन्छ ।

सन् १९४७ मा भारत स्वतन्त्र भयो । स्वतन्त्रतासँगै भारत विभाजन पनि भयो । यो समयमा गहुँको अभावले गर्दा केही समयको निम्ति पार्ले ग्लुको बिस्कुट बन्न बन्द पनि भयो । तर, केही समयपछि नै औपचारिकरूपमा पार्ले कम्पनीको स्थापना भयो । पुनः बिस्कुट बन्न थाल्यो । 

सन् १९७२ मा पार्ले ग्लुको बिस्कुटले जेनेभामा ‘विश्व छनोट पुरस्कार’ प्राप्त गर्र्यो । उक्त पुरस्कार ग्लुको बिस्कुटको स्वाद, स्वच्छता, प्याकेजिङ र मिश्रणहरूको शुद्घताको उत्कृष्टताको निम्ति प्रदान गरिएको थियो । 

सन् १९८२ मा पार्ले ग्लुको बिस्कुटको नाम ‘पार्ले–जी’ राखियो । कारण, उबेला अन्य बिस्कुट कम्पनीहरू पनि आइसकेका थिए । ‘ग्लुको’ शब्द ‘ग्लुकोज’बाट आएको थियो जसको कपिराइट पार्ले कम्पनीसँग थिएन । यस कुराको फाइदा उठाउँदै अन्य कम्पनीहरूले पनि आफ्नो बिस्कुटको नाम ‘ग्लुकोज बिस्कुट’, ‘ग्लुकोज’ आदि इत्यादि राखेका थिए किनभने उबेला पार्ले ग्लुको बिस्कुटको ‘ग्लुको’ र ‘ग्लुकोज’ शब्दहरू मानिसहरूका जिब्रामा झुन्डिएका थिए । अर्को प्रसिद्घ कम्पनी ‘ब्रिटेनिया’ले त आफ्नो बिस्कुटको नाम ‘ग्लुकोज–डी’ नै राख्यो । यस कुराले असर पारेको कारणले पार्ले ग्लुकोको पुनः नामकरण ‘पार्ले–जी’ गरियो जुन नाम आजउपरान्त पनि करोडौँ जनजिब्रोमा झुन्डिएको छ । यसरी पार्ले–जी नाम जन्मिएको थियो । 

‘स्वाद भरे, शक्ति भरे’ भन्ने पार्ले–जी बिस्कुटको पहिलो टेलिभिजन विज्ञापन सन् १९८२ मा नै बनेको थियो । 

सन् २००३ मा पार्ले–जी बिस्कुटलाई विश्वको सबैभन्दा बढी बिक्री हुने बिस्कुट भनेर घोषणा गरिएको थियो । ५० अर्ब भारु भन्दा बढीको खुद्रा व्यापारमात्रै गर्न सफल भएको कारणले सन् २०१३ मा पार्ले–जीलाई भारतको पहिलो एफ.एम.सि.जी (फास्ट मुभिङ् कन्जुमर गुड्स) ब्राण्ड भनेर घोषणा गरिएको थियो । 

सुरुसुरुमा पार्ले–जीको ‘जी’लाई ‘ग्लुकोज’ भनेर भन्ने गरिन्थ्यो । पछि यही ‘जी’, ‘जिनियस’ बन्न पुग्यो र आज पनि हामी यसलाई ‘जिनियस’ नै भन्ने गर्छौ । यसैकारणले गर्दा धरैजसो बालबालिका, वयस्क र बूढाबूढीहरू पनि जिनियस भइन्छ कि भनेर पार्ले–जी बिस्कुट खाने गर्छन् । 

पार्ले–जी बिस्कुटको बाहिरी खोलमा हामी एकजना बालिकाको तस्बिर हेर्नसक्छौँ । उक्त तस्बिर निकै पुरानो हो । धेरैजनाले उक्त तस्बिरकी ती सानी नानीलाई नागपुरकी निरू देशपान्डे भन्ने गर्छन् । उक्त तस्बिर उनी ४ वर्ष ३ महिनाको छँदा खिचिएको भनेर धेरैले भन्ने गर्छन् । केहीले उक्त तस्बिरकी बालिका सुधा मुर्थी, गुञ्जन गुण्डानीया आदिमध्ये कोही हुन् भनेर पनि भन्ने गर्छन् । सत्यता भने अर्कै छ । वास्तवमा, त्यो कुनै साच्चिकैको बालिकाको तस्बिर नभएर एभरेस्ट क्रिएटिभ मंगनलाल दैयाले सन् १९६० मा कोरेको चित्र हो । जुन कुराको स्पष्टीकरण पार्ले प्रोडक्टका ग्रुप प्रोडक्ट मेनेजर मयांक साहले दिइसकेका छन् । 

हरेक वर्ष पार्ले कम्पनीले १ खर्ब ४६ अर्ब पार्ले–जी बिस्कुट बनाउनेगर्छ जसलाई विश्वभरिका ६० लाख स्टोर्सहरूमा पठाइने गरिन्छ । 

अहिले पार्ले–जी बिस्कुट विश्वप्रख्यात ब्राण्ड बनिसकेको छ । अहिले पार्ले कम्पनीलाई मोहनलाल दयालका नाति विजय चौहान, ८४ ले सम्हालिइरहेका छन् । 

पार्ले–जी बिस्कुटको आज एकासी वर्ष पूरा भइसकेको छ । भारतमा मात्र नभएर विश्वभरि नै यो बिस्कुट मानिसहरूका चियाको प्रिय साथी बन्दै आइरहेको छ । विशेषतः बालबालिकाको प्रिय साथी बन्दै आइरहेको छ । 

ट्वीटरः @bikesh_kabin

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik