
साप्ताहिक संवाददाता

गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । गायक ढकालको आवाजमा ‘आकाशकी चरी’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा चिरञ्जिवी भट्ट शब्द तथा ज्योती प्रकाशको संगीत सुन्न सकिन्छ ।
जिज्दगीका आरोह अवरोहमा आउने दु:खलाई समेटेको गीतले सन्तान गुमाउने बुबाआमाको छटपटीलाई प्रस्तुत गरेको छ ।
गीतको म्यूजिक भिडियोमा गोविन्द अन्जानको छायांकन तथा सुमन बैरागीको निर्देशन रहेको छ ।
म्यूजिक भिडियोमा भिडियोमा सनम कठायत, समीक्षा पोखरेल र खुसी कट्टेल फिचर्ड छन् ।
गीतको भिडियो :