साप्ताहिक संवाददाता
फाल्गुन २, २०७६
गायक रामकृष्ण ढकालले आफ्ना स्रोता तथा दर्शकको लागि भ्यालेन्टाईन उपहार स्वरुप नयाँ गीत सार्वजनिक गरेका छन् । भ्यालेन्टाईन डेको अवसर पारेर सार्वजनिक गरिएको गीतमा आफ्नी प्रेमिकालाई विभिन्न सुन्दरताहरुसँग दाजिएको छ ।
गीतको म्यूजिक भिडियोमा पनि गायक स्वयम: नै देखिएका छन् । उनलाई उनकी श्रीमती निलम शाहले साथ दिएकी छिन् ।
गीतकार मनिष बशिष्ठको गीतलाई कर्म ब्याण्डका सुरेन्द्रमान सिंहले संगीत दिएका हुन् ।
नबराज उप्रेतीको सिनेमाटोग्राफीमा बनेको गीतको भिडियोको निर्देशन गम्भीर विष्टले गरेका छन् । सुबोल
थापाको कोरियोग्राफीमा बनेको गीतको सम्पादन नबिन निरौलाले गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :