साप्ताहिक संवाददाता
फाल्गुन ५, २०७६
गायिका संगीता रायमाझी नयाँ गीत लिएर स्रोता माझ आएकी छिन् । उनले ‘तिम्रो माया कती दिनलाई’ बोलको गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत सुन्न सकिन्छ ।
गीततको म्यूजिक भिडियोमा भने अभिनेत्री वर्षा राउत र मोडल विकास लामिछानेले जोडी बाँधेका छन् ।
देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ ।
गीतको म्यूजिक भिडियो :