साप्ताहिक संवाददाता
फाल्गुन ८, २०७६
काठमाडौं
सुरेन बसेलको स्वर रहेको नयाँ गीत ‘धन कमाउने’ सार्वजनिक गरिएको छ । उक्त गीतका शव्द गायक सुरेनले नै लेखेका हुन् ।
बिशाल निरौलाले संगीत संयोजन गरेको गीतको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् । भिडियोमा श्रीमान् श्रीमतीको पीडा र माया प्रेम देखाउन खोजिएको छ ।
भिडियोमा सुजन आचार्य, सुजिता तिमिल्सिना र भुमि सापकोटाको अभिनय देख्न सकिन्छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन र कलर गरेका हुन् ।