फागनु ९ देखि १५ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

फाल्गुन ९, २०७६

फागुन ९ गते महाशिवरात्रि

फागुन १२ गते ग्याल्पो ल्होसार 

मेष

मनोरञ्जन तथा उपहार प्राप्त गर्न पाइनेछ । मित्रको सहयोगबाट हौसला प्राप्त हुनेछ । समय अनुकूल छ । आफूसँग भएका क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । धन लाभ होला । अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ । साताको अन्त्यमा परोपकार कार्यमा रुचि बढ्नेछ ।

वृष

रचनात्मक कार्यद्वारा अरूको मन जित्न सक्नुहुनेछ । सेतो वस्त्रको पहिरनले नसोचेको परिणाम हात लाग्नेछ । नयाँ अनुहारका मित्रले तपाईंलाई खुलेर प्रशंसा गर्ने छन् । विदेश भ्रमणको अवसर आइलाग्न सक्छ । मेहनतबाट गरिएका कार्यले उचित स्थान प्राप्त गरी पदोन्नतिको ढोका खोल्नेछ ।

मिथुन

तपाईंको व्यक्तित्व मन पराउनाले उपहारसहित भेट्न आउन सक्छन् । दुविधा हँुदाहुँदै पनि उचित मार्ग पहिचान गर्न सक्नुहुनेछ । धन लाभ होला । विपक्षी मित्रहरूले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि आफूलाई फाइदा नै पुग्नेछ । नसोचेको जिम्मेवारी आइलाग्नाले उत्साहपूर्वक कार्य सम्पन्न गरिनेछ । 

कर्कट

सामाजिक क्षेत्रमा कार्य गर्ने अवसर मिल्नेछ । जटिल कार्यद्वारा प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ स्थानहरूको भ्रमण गर्नाले खर्च वृद्धि हुने परिस्थितिमा आवश्यक खर्चको जोहो गर्नुपर्नेछ । मन पराउने साथीले दोहोरो कुरा गरी नैराश्यता उत्पन्न गराउन सक्छन्, ढिलो नगरी निर्णय गर्दा लाभ पुग्न सक्छ । 

सिंह

छोटो समयमा परिचित साथीहरूसँग मनोरञ्जन तथा यात्रा गर्ने अवसर जुर्नेछ । लेखन तथा प्रभावशाली कार्यले उचित स्थान पाउनेछ । स्वास्थ्यमा गडबडी आउन सक्छ । सञ्चित धन खर्च गरी आभूषण गहना खरिद गर्न पारिवारिक मत मिल्नेछ । धार्मिक तथा सामाजिक क्षेत्रमा गरेका कार्यबाट प्रतिष्ठा प्राप्त हुनेछ । 

कन्या

मन पराउने साथीको दोहोरो मनस्थिति भएकाले मन खोलेर कुरा गर्न सकेका छैनन् । आफूले गरेका प्रयत्न परिणाममुखी हुनेछ । कार्य सञ्चालनमा आइलागेका बाधाहरू फुकुवा हुनेछन् । सरोकार नभएका कार्यले फजुल खर्च बढाउनेछ । भौतिक साधन खरिद गर्ने अवसर मिल्नेछ, ढिलो निर्णाय नगर्नुहोला । 

तुला

अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारपूर्वक गरेका कार्यबाट पर्याप्त दाम आर्जन गर्न सकिनेछ । काममा सफलता मिल्ला । रोजगारीका नौला अवसर प्राप्त हुनेछन् । सेतो रंगको पहिरनले परिणाम नजिक पुग्न मद्दत गर्नेछ । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । 

वृश्चिक

द्रुत गतिमा गरेका कार्यले नै उचाइमा पुर्‍याउनेछ । नयाँ रोजगारीको क्षेत्रमा प्रतिस्पर्धाद्वारा सोचेजस्तो परिणाम हात पर्नेछ । विपरीतलिंगीबाट नौला प्रस्ताव आउन सक्छन् । खानपानको समयतालिका फेरबदल भई स्वास्थ्य बाधाले सताउन सक्छ । साताको अन्त्यमा अवरोध निर्मूल भई प्रेरणादायक कार्य सम्पन्न हुनेछ ।

धनु

प्रतिस्पर्धीहरू सक्रिय हुनाले चनाखो रहनुहोला । अभिभावकको रुचिको ख्याल गर्दै आफ्ना प्रस्ताव राख्नुहोला । धार्मिक कार्यहरूद्वारा मानसिक राहत महसुस हुनेछ । नसोचेको जिम्मेवारी आइलाग्नाले विचार पुर्‍याए अवसर मिल्नेछ । सोमबार र मंगलबार सतर्कतापूर्वक कार्य सम्पन्न गरे उचितहोला । 

मकर

आलस्यता उत्पन्न भई दैनिक कार्य ओझेलमा पर्न सक्छन् । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा मनोरञ्जनतर्फ संयम रहनु नै बेस होला । प्रेमिकाको घुम्न जाने प्रस्ताव स्विकार्दा अविस्मरणीय क्षण बन्नेछ । साताको अन्त्यतर्फ आर्थिक भारको महसुस हुन गई सापटीको चपेटामा पर्न सकिन्छ । 

कुम्भ

पाहुनासँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ । पहिरनले अरूको मन लोभ्याउन सकिनेछ । दिगो लगानीले गतिलो आम्दानी हात लाग्नेछ । रोकिएका कार्यमा पुन: प्रयत्न गर्दा सफलता मिल्नेछ । विपक्षीले ससाना त्रुटि आंैल्याउन सक्छन्, ध्यान दिनु नै उचित हुनेछ । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ । 

मीन

सहयोगका हात बढ्नाले आर्थिक हैरानी बेहोर्नुपर्नेछैन । प्रेमिकाको सहयोग र सद्भावबाट नै उचाइमा पुग्न सकिनेछ । विशिष्ट व्यक्तिसँगको समागमले नौला कुरा सिक्ने अवसर मिल्नेछ । अध्ययनका क्रममा विदेश जाने अवसर जुट्नेछ । खराब आचरण हुनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउन गोपनीयतामा हेक्का राख्नुहोला ।

प्रकाशित :फाल्गुन ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×