साप्ताहिक संवाददाता
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘बाल्यकालको सम्झना’को भिडियो सार्वजनिक भएको छ । गायक सञ्जिवका यसअघि ‘नाइँ मलाई थाहा छैन’, ‘किन कर्के’ लगायत गीत चर्चामा छन् ।
उनले अघिल्लो वर्ष ‘बालापनको उमेर’बोलको गीत सार्वजनिक गरेका थिए । सोही गीतको लोकप्रियतापछि उक्त गीतको दोस्रो संस्करण ‘बालापनको उमेर २–बाल्यकालको सम्झना’ दिएर सार्वजनिक गरेका हुन् । गीतमा बसन्त सापकोटाको शब्द र संगीत सुन्न सकिन्छ ।
ललितपुरको छम्पी देवी उच्च माध्यमिक विद्यालयमा छायांकन गरिएको गीतको म्यूजिक भिडियोमा सोही स्कुलका विद्यार्थीहरुलाई पनि प्रस्तुत गरिएको छ । गीतको म्यूजिक भिडियो छायांकन गरिएको स्कुलमा गायक पराजुलीले केहि आर्थिक सहयोग समेत गरेको बताएका छन् ।
गणेश शाहीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा सन्जिब पराजुली, सिम्रन कार्की, विप्रभ सापकोटा, सालिन पराजुली र सन्रिका भट्टराईले अभिनय गरेका छन् । प्रभा आचार्य सहायक निर्देशक रहेको भिडियोमा फराज अर्पनको छायांकन तथा सम्पादन छ ।
गीतको म्यूजिक भिडियो :