साप्ताहिक संवाददाता
फाल्गुन १४, २०७६
गीतकार दिपकराज पाठक नयाँ गीतका साथमा बजारमा आएका छन् । उनको शब्द रचनामा पछिल्लो पटक ‘तिम्रो दिलको चाबी’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा संगीतकार बिपिन आचार्यको संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । सार्वजनिक गीतमा गायिका माण्डवी त्रिपाठीका साथमा गायक राजन श्रेष्ठलाई सुन्न सकिन्छ ।
गीतको म्यूजिक भिडियोमा भने अभिनेत्री वर्षा शिवाकोटी र बिजु पार्कीले अभिनय गरेका छन् । प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियो निर्देशन दिपकराज स्वयंले गरेका छन् ।
बासु बरालले छायांकन गरेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।
गीतको म्यूजिक भिडियो :