पलले भित्र्याए रेश्मालाई

- साप्ताहिक संवाददाता

फाल्गुन १५, २०७६

 

गायिका दुर्गा खरेल तथा सुगम पोख्रेलको आवाजमा नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘डोली सजाई’बोलको गीतको म्यूजिक भिडियोमा अभिनेता पल शाह र रेश्मा घिमिरेले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा उनीहरुको प्रेम देखाईएको छ । 

अम्बिका गुरुङ्ले लेखेको सार्वजनिक गीतमा अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । नरेश बिसीले रेकर्ड गरेको गीतको अडियो मिक्सिङ साजन शाहले गरेका छन् । 

शिव बिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा निर्देशक बिककै कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको म्यूजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका हुन् । 

गीतको म्यूजिक भिडियो :

प्रकाशित :फाल्गुन १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×