फागुन १६ देखि २२ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

फाल्गुन १६, २०७६

फागुन २० गते - विश्व वन्यजन्तु दिवस  

मेष

मेहनतबाट गरिएका कार्यले उचित स्थान पाउनेछ । नयाँ स्थानको भ्रमण हुने क्रममा प्रियजनसँगको भेटघाटले दिनचर्या रमाइलोपूर्वक नै बित्नेछ । कालो रंगको पहिरनले घाटाको सामना गर्नुपर्ला । साथीहरूले दिएका सुझावलाई बेवास्ता गर्नले आफ्नो कार्य सम्पादनमा असर पुग्नेछ । 

वृष

मित्रहरूले दिएका वचनहरू पूरा हुनेछन् । सवारी चलाउँदा विशेष ध्यान दिनुपर्छ । प्रतिस्पर्धामा सम्मानजनक स्थान पाउनुहुनेछ । लामो समयसम्म रोकिएका झन्झट, बाधाहरू स्वत: फुकुवा हुने छन् । नीलो रंगको रचनात्मक प्रयोगले लाभ पुग्ने देखिन्छ । आफूभित्रको भय उत्साहमा परिवर्तन भई समाजसेवातर्फ आकर्षित भइनेछ । 

मिथुन

प्रेमी/प्रेमिकाले भित्रभित्रै मन पराइरहेका छन् । मुख खोल्न सकेका छैनन् । हतारमा गरिएको निर्णयले पछुताउनुपर्ला । टाढा भएका मित्रहरूले दिएको सुझावले फाइदा नै पुर्‍याउनेछ । नौला स्थानहरूको भ्रमण अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै मित्रता, मधुरता, प्रेमले सार्थक परिणामको नजिक पुर्‍याउनेछ । 

कर्कट

ठूला किसिमका कार्यहरू सम्पन्न गर्नुपर्ने हुनाले जटिलतातर्फ ध्यान दिनुपर्छ । आकस्मिक यात्रा पर्न गई सरसामान छुट्न सक्छ, विशेष सजग रहनुहोला । भोजभतेरको निमन्त्रणामा प्रभावशाली व्यक्तित्वहरूसँग भलाकुसारी हुनेछ । समयले साथ दिएको छ । भित्रभित्रै उब्जिएको मनोबलले विलासिताका साधन खरिद–बिक्री गर्न अग्रसर भइनेछ ।

सिंह

भावी योजना तर्जुमा गर्दा विशिष्ट योगदान रहनेछ । नाटकीय रूपमा प्रेम प्रस्ताव आएमा होस पुर्‍याएर निर्णय गर्नुहोला । लगनशीलताले प्रतिष्ठित कार्य गर्न सक्नुहुन्छ । आफ्नो हठ, जिद्दीले फाइदा पुर्‍याउनेछैन । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । अध्ययनका क्रममा विदेश यात्राको साइत तय हुनेछ ।

कन्या

सुनौलो रंगको पहिरनले तपाईंको आत्मविश्वासलाई सहयोग पुर्‍याउनेछ । मन पराएकाहरूले विशेष प्रस्ताव राखी उपहार प्रदान गर्ने प्रयास गर्नेछन् । मित्रताको जमघटमा नौला स्वादिष्ट खानपानको आनन्द पाइनेछ । सेवा भावनाले गरिएका कार्यबाट प्रतिस्पर्धीहरूलाई पछि धकेल्न सकिएला । 

तुला

साथीहरूले दिएका सुझाव अनुसरण गर्दा भलाइ नै हुनेछ । पुरुषार्थद्वारा गरिएको सेवाले उचाइमा पुर्‍याउनेछ । विदेश यात्रा गर्ने अवसरसमेत मिल्नेछ । दोष थोपर्नेहरू प्रशंसा गर्न थाल्नेछन् । आफ्ना सिर्जनशील रचनाले प्रतिष्ठित व्यक्तिको मन जित्न सक्नुहुनेछ । नीलो पहिरनले कार्यक्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ । 

वृश्चिक

मित्रहरूले विभिन्न जिम्मेवारी दिलाउने छन् । दुविधा मनस्थितिद्वारा गरेका कार्यमा अपजसको भाग लाग्ने हुनाले सरोकार नभएका विषयमा ध्यान नदिँदा नै उचित हुन्छ । गोप्य सूचना बाहिरिनाले मर्यादामा आँच आउन सक्छ । प्रेममा अविश्वासको वातावरण उत्पन्न हुन सक्ला । 

धनु

विशेष कार्ययोजनाको जग बसाउनु हुनेछ । उपहारका साथ माया गर्ने व्यक्तिहरूको ओइरो लाग्न सक्छ । हतारमा महत्त्वपूर्ण निर्णय नगर्नुहोला । दृढताका साथ गरिएका सबै खाले कार्यमा सफलता हात लाग्नेछ । जिद्दी गर्ने स्वभावले समस्या आउन सक्छ । व्यावहारिक मामलाबाट टाढै बसे फाइदा पुग्नेछ । 

मकर

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मित्रवर्गले पुर्‍याएको सहयोगले विशेष उपलब्धि हात पर्नेछ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । अरूको मन सजिलै जित्न सकिनेछ । सोचेजस्तो लाभ हासिल भई दिगो लगानीको ढोकासमेत खोलिनेछ ।

कुम्भ

सेतो पहिरन प्रयोग गर्नाले तपार्इंका प्रतिस्पर्धीहरू पछि पर्नेछन् । बाधाहरू स्वत: हट्दै भौतिक सुख–सुविधा भेटिनेछन् । कार्य सम्पादनको सिलसिलामा विवाद भए तापनि मेहनत खेर जानेछैन । वृद्ध तथा अपांगहरूको सेवाले प्रतिष्ठा प्राप्त हुनेछ । व्यापारको सिलसिलामा विशिष्ट व्यक्तित्वसँगको भेटले थप प्रेरणा मिल्नेछ । 

मीन

प्रतिफल हात पार्न निकै प्रयत्न गर्नुपर्ला । प्रलोभन देखाउनेसँग सचेत रहनुहोला । रचनात्मक कार्यले अरूको मन जित्नेछ । कार्य क्षेत्रमा प्रतिस्पर्धीहरूसँग सामना गर्नुपर्नेछ । आर्थिक संकटका बीच कार्य सम्पन्न हुने नै छ । लगनशीलताले नयाँ रोजगारीको मार्ग प्रशस्त हुनेछ । 

प्रकाशित :फाल्गुन १६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×