साप्ताहिक संवाददाता
फाल्गुन १८, २०७६
कलाकार दीपकराज गिरीले आफूसहित निर्देशक दीपाश्री र जितु नेपाल तथा केदार घिमिरेको क्यारेक्टर तस्बिर सार्वजनिक गरे । तस्बिर चलचित्र ‘छक्का पञ्जा– ४’का लागि तयार पारिएको थियो । उक्त तस्बिरसँगै गिरीले चलचित्र ‘छक्का पञ्जा– ४’ ०७७ सालको दसैंमा रिलिज हुने उल्लेख गरेका छन् ।
दीपकराज गिरीले आफ्नो चलचित्र रिलिज डेट तोकेकै दिन अर्को सफल चलचित्र ’ए मेरो हजुर’ को चौथो भाग पनि रिलिज हुने यस अघिनै पक्का भैसकेको छ । ‘छक्का पञ्जा’ सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आएकी छिन् ।
निर्माता दीपकराज गिरीले रिच इन्टरटेन्मेन्ट र जी .जी.ए गु्रपलाई काठमाडौंभित्र र एफडी कम्पनीलाई मोफसलमा चलचित्र वितरण गर्ने अधिकार दिएका छन् । चलचित्रमा दीपकसँगै जितु नेपाल र केदार घिमिरे शिर्ष भूमिकामा देखिने छन् भने, अभिनेत्रीको टुङगो लागेको छैन् ।