साप्ताहिक संवाददाता
फाल्गुन २२, २०७६
गायक आनन्द कार्की नयाँ गीत लिएर स्रोता तथा दर्शक सामु आएका छन् । ‘उम्री रहन्छन् खुशीहरु’बोलको गीतको म्यूजिक भिडियो उनले पछिल्लो समय सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीत डा. नवि अधिकारीले लेखेका हुन् । गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा देवेन्द्र नेवाको संगीत संयोजन सुन्न सकिन्छ ।
नरेन्द्र धामीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा रबिन के बस्नेत, विजय केसी र मिनुले अभिनय गरेका छन् ।
म्युजिक भिडियोलाई नरेन रुम्बाले छायाङ्कन गरेका हुन् भने कृष्ण बहादुर भट्टराईले निर्माण गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :