साप्ताहिक संवाददाता
फाल्गुन २७, २०७६
गायक सुरेन चन्द नयाँ गीत लिएर स्रोता तथा दर्शक सामु आएका छन् । उनले पछिल्लो समय ‘उसको माया’ बोल गीत सार्वजनिक गरेका हुन् । गीतकार बिन्दुप्रसाद अधिकारीले लेखेको उक्त गीतमा नागेन्द्र श्रेष्ठको संगीत सुन्न सकिन्छ । गीतमा गोपाल रसाइलीले एरेन्ज गरेका छन् ।
गीतको म्यूजिक भिडियो पनि रिलिज गरिएको छ । सोनम पाख्रिनले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा मोडल दिक्पाल कार्कीका साथमा पूजा गिरीले अभिनय गरेकी छिन् ।
बुद्ध थापाले छायांकन गरेको गीतको म्यूजिक भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :