साप्ताहिक संवाददाता
चैत्र २, २०७६
नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’को शिर्ष उपाधि हिमेश पन्तले जितेका छन् । अन्तिम प्रतिस्पर्धामा रहेका २ जनालाई पछि पार्दै हिमेश पहिलो कमेडी च्याम्पियन बन्न सफल भएका हुन् ।
प्रतियोगीताको शिर्ष उपाधि जितेसँगै हिमेशले २५ लाख नगद, कारका साथमा विभिन्न उपहार जितेका छन् । अन्तिम प्रतिस्पर्धामा उनीसँग सुमन कोइराला र खड्गबहादुर पुन मगर थिए ।
विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ उपस्थित थिए । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए ।
सोको होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् ।