अन्जली अधिकारी अभिनित नयाँ म्यूजिक भिडियो

- साप्ताहिक संवाददाता

चैत्र २, २०७६

यो समय मोडल अञ्जली अधिकारीको राम्रै चर्चा छ । अब्बल अभिनय गर्न सक्ने अञ्जलीको म्यूजिक भिडियोमा राम्रै माग पनि भैरहन्छ । उनी म्यूजिक भिडियोमै ब्यस्त छिन् । उनै अञ्जली अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

अञ्जलीले गायक रमेश श्रेष्ठ ‘मेलोडी’ र गायिका सहिमा श्रेष्ठले गाएको ‘पानि तालमा छ’गीतको म्यूजिक भिडियोमा अञ्जलीले अभिनय गरेकी हुन् । उक्त गीतको म्यूजिक भिडियोमा अञ्जलीलाई अर्की मोडल सम्पदा बाँनियाले अभिनयमा साथ दिएकी छिन् । 

अमर बहादुर श्रेष्ठले लेखेको उक्त गीतमा गायक रमेश श्रेष्ठ मेलोडिकै संगीत सुन्न सकिन्छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको गीतको म्यूजिक भिडियोमा कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीको रहेको छ । 

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :चैत्र २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×