कमल र सन्जिबको सात सुरमा 

- साप्ताहिक संवाददाता

चैत्र ५, २०७६

गायक सन्जिब पराजुली र कमल खत्रीको स्वरमा रहेको ‘सात सुरमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कमलकै शब्द र संगीत छ । दी भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिएको भिडियो निकै आकर्षक देखिन्छ ।

सेमी क्लासिकल फ्लेभरको गीतको भिडियोमा गायकद्वय कमल र सन्जिब फिचर्ड छन् । भिडियोमा वाद्यवादनका सदस्यहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर, विक्रम थापा, रिकेश गुरुङ र कृष्ण सापकोटा पनि देख्न सकिन्छ ।

गीतमा गुरु चन्दन श्रेष्ठको तरना रहेको गीतमा रिकेश गुरुङको एरेन्ज छ । लक्ष्मण पौडेलको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारी र उनको समूहको छायांकन छ । भिडियोमा सोहन मानन्धरको कलर करेक्सन र सम्पादन छ । 

गीतको म्यूजिक भिडियो :

 

 

प्रकाशित :चैत्र ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×